post-slider post-slider

सुन तस्करी प्रकरणका विषयमा गृहमन्त्रीले संसदमा जवाफ दिने

Image
A A

काठमाडौं- सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पछि हटेको छ।

उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद सञ्चालन हन नदिने अडानबाट एमाले पछि हटेको हो।

अडानबाट पछि हट्दै प्रमुख प्रतिपक्षी दल एमालेले मंगलबारको बैठक सञ्चालन गर्ने दिने भएको छ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन्।

यसअघि छानबिन समिति गठन नहुँदासम्म संसद सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले मंगलबार गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो।

संसदमा जारी अवरोध अन्त्य गर्ने विषयमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेका थिए।

छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उच्चस्तरीय छानबिन समिति गठनका लागि प्रधानमन्त्री तयार नभएको बताए।

धेरै दिनसम्म संसद अवरूद्ध गर्ने कुराले भ्रम फैलिएकोले आजको बैठकमा अवरोध नगर्ने निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ छ।

‘बैठकमा गृहमन्त्रीजीले सम्बोधन गर्नुहुन्छ। सांसदहरूले आफ्नो कुरा राख्नुहुन्छ। त्यसपछिको अवस्था हेरेर हामी अघि बढ्छौं,’ बर्तौलाले भने।

देशभरि बाढी पहिरोले क्षति पु¥याएको र जनजीविकाका अन्य सवालहरू समेत संसदमा उठाउन आवश्यक रहेको उनको भनाइ छ।

प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइए पनि हालसम्म सुरू भएको छैन।

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण १० साउनदेखि संसद बैठक बस्न सकेको छैन।

 

Tags: