post-slider post-slider

‘आसन्न चीन भ्रमणले उत्साहित छु’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र र समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ कुरा राख्नु पाउनु महत्वपूर्ण अवसर भएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आसन्न अमेरिका र चीन भ्रमणबार जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

‘न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भइ नेपालको विषयबारे विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरको रूपमा लिएको छु,’ उनले भने।

प्रचण्डले आफ्नो तेस्रो चीन भ्रमणबाट आफू उत्साहित भएको बताए।

उनले भने, ‘प्रधानमन्त्रीको हैसियतमा तेस्रोपटकको चीन भ्रमणबाट उत्साहित छु। यो भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल–चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु।’

 

Tags: