post-slider post-slider

विश्वकप फाइनल : भारत र अस्ट्रेलिया भिड्दै

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको सबैभन्दा बढी रोमाञ्चक प्रतिस्पर्धा आइतबार हुँदैछ।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल जित्ने टिम विश्व च्याम्पियन बन्ने छ।

यो प्रतियोगिताको कुनै पनि खेलमा पराजयको सामना नगरी भारतीय टिम फाइनलमा पुगेको छ। अहिलेसम्म अपराजित भारतीय टिमको आत्मविश्वास  खेलाडीहरूको शानदार प्रदर्शनका कारण उत्कर्षमा देखिएको छ।

अर्कोतर्फ अस्ट्रेलिया टिम पनि लिग र सेमिफाइनलमा शानदार प्रदर्शनपछि राम्रो फर्ममा देखिन्छ।

भारत १२ वर्षपछि चौथोंपटक एकदिवसीय विश्वकप फाइनलमा पुगेको छ भने अस्ट्रेलियाको यो आठौंपटक हो।

भारतको प्रदर्शन र फर्मलाई हेरेर क्रिकेटका विश्लेषक एवं प्रशंसकहरू भारतीय टिमलाई विजेता ठानिरहेका छन्।

पाकिस्तानका कतिपय पूर्वक्रिकेटरहरूले फाइनलमा भारतले जित्ने सम्भावना ८० देखि ९० प्रतिशत रहेको बताएका छन्।

तर, पछिल्ला केही म्याचहरूमा अस्ट्रेलियाका केही खेलाडीले असाधारण खेल देखाएका छन्। र, उनीहरूले फाइनलमा भारतको खेल बिगार्नसक्ने चर्चा भइरहेको छ।

यस्तोमा भारतीय टिम सबैभन्दा बढी अस्ट्रेलियाका ब्याटरहरूसँग सम्हालिएर रहन जरूरी देखिएको छ। अस्ट्रेलियाका ब्याटरहरूको लाइनअप यो विश्वकपमा शानदार प्रदर्शन गरेर आफ्नो कौशल प्रमाणित गरेका छन्।

ग्लेन मैक्सवेलले अत्याधिक दबाबका बीच अभूतपूर्व प्रदर्शन गरेर आफ्नो टिमलाई अफगानिस्तानविरूद्ध जित दिलाए। 

त्यस्तै डेभिड वार्नरले सुरूवातमै आफ्नो ब्याटिङबाट विपक्षी टिमको मनोबललाई कमजोर पारिदिएका छन्।

 

Tags: