post-slider post-slider

हमासले रिहा गर्‍यो दुई अमेरिकी बन्धक

Image
A A

काठमाडौं- इजरायलमाथि आक्रमणका क्रममा हमासले बन्धक बनाएकोमध्ये दुई जनालाई रिहा गरेको छ।

हमासले रिहा गरेका दुई जना महिला अमेरिकी नागरिक हुन्।

हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण गर्ने क्रममा इजरायलीसहित अन्य मुलुकका नागरिकलाई नियन्त्रणमा लिएको बताइएको छ।

आमा र छोरीको मानवीय कारणले दुई जनालाई रिहा गरेको हमासले जनाएको छ।

कतारले बन्धकको रिहाइका लागि मध्यस्थता गरेको थियो।

रिहा गरिएकी जूडिथ र नैटली राननको तस्बिर सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुवै जनाको रिहाइप्रति खुसी व्यक्त गरेका छन्।

बन्धक बनाइएका दस अन्य अमेरिकी नागरिकको रिहाइका लागि आफू २४ घन्टा काम गरिरहेको उनले बताएका छन्।

व्हाइट हासका अनुसार राष्ट्रपति बाइडेनले हमासको नियन्त्रणबाट रिहा भएकी जूडिथ र नैटलीसँग फोनमा कुराकानी गरेका छन्।

दुवै महिलाको रिहाइका लागि सहयोग गरेको संस्था रेडक्रसले यो रिहाइ आशाको एक किरण रहेको बताएको छ।

बन्धकको रिहाइपछि सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले उनीहरूको रिहाइका लागि कतारले मध्यस्थता गरेको बताएका छन्।

यता हमासले पनि मध्यस्थतकर्तासँग मिलेर सबै बन्धकहरूको रिहाइका लागि काम भइरहेको जनाएको छ।

सुरक्षा अवस्था ठीक भए बन्धकहरूलाई रिहा गरिने हमसाले बताएको छ।

 

Tags: