post-slider post-slider

नापी कार्यालय लहानका अमिन घुससहित पक्राउ

Image
A A

काठमाडौं- सिरहा जिल्ला नापी कार्यालय लहानका अमिन दिपरञ्जन यादव घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयको टोलीले अमिन यादवलाई दश हजार घुससहित पक्राउ गरेको हो।

सेवाग्रहीसँग घुसवापतको रकम लिइसकेको अवस्थामा नापी कार्यालय लहानबाट यादवलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

जग्गाधनी पुर्जा बनाउन सेवाग्रहीसँग घुस माग गरेको सूचनाको आधारमा आयोगको टोली नापी कार्यालय पुगेको थियो।

 

Tags: