post-slider post-slider

सिंहदरबार र संसद् भवनको फुटपाथमा पनि हिँड्न नपाइने

Image
A A

काठमाडौँ - सिंहदरबार र संघीय संसद् भवन नयाँ बानेश्वर अगाडिको फुटपाथमा हिँड्न पनि निषेध गरिएको छ ।

लघुवित्तका ऋणीहरूको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा हिँड्न प्रहरीले रोक लगाएको हो। 

सिंहदरबारको पर्खालसँगैको फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ। त्यहाँ फुटपाथ प्रयोग गर्न रोक लगाइएको छ। त्यस्तै संघीय संसद भवन नयाँ बानेश्वरको पर्खालसँगैको फुटपाथमा पनि डोरी टाँगिएको छ। 

फुटपाथमा हिँड्न नपाएपछि पैदलयात्रीहरू अहिले सडकमै जोखिमपूर्ण तरिकाले हिँडिरहेका छन्। 

Tags: