post-slider post-slider

इजरायल र हमासबीच युद्धविराम सम्झौता : एकै परिवारका १३ बन्धक रिहा हुने

Image
A A

काठमाडौं- इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागु भएको छ।

हजारौंको ज्यान लिने गरी भएको सात हप्ताको युद्धपछि भएको युद्धविरामसँगै बन्धकहरूको बदलामा प्यालेस्टिनी बन्धकहरू रिहा गरिने भएको छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको घातक आक्रमणपछि सुरू भएको द्वन्द्व दुवै पक्षले स्थानीय समयअनुसार बिहान ७ बजेदेखि युद्धविराम गर्ने सम्झौतासँगै अस्थायी रूपमा रोकिएको छ।

शुक्रबार गाजामा बन्धक बनाइएका १३ जनालाई रिहा गरिने र त्यसपछि इजरायली जेलबाट केही संख्यामा प्यालेस्टिनी कैदीलाई रिहा गरिने कतारी मध्यस्थतकर्ताहरूले बताएका छन्।

चार दिनको अवधिमा कम्तीमा ५० जना बन्धकलाई रिहा गरिने अनुमान गरिएको छ। यसपछि अनुमानित अझै १९० जना बन्धक प्यालेस्टिनी लडाकु समूहको हातमा रहनेछन्।

सम्झौतामा उल्लेख भएअनुसार एक बन्धक बराबर तीन जना प्यालेस्टिनी कैदी अर्थात कुल १५० जना प्यालेस्टिनी कैदीलाई इजरायली पक्षबाट रिहा गरिने  छ।

गाजाका २० लाखभन्दा बढी मानिसका लागि यो सम्झौताले हप्तौंदेखि जारी इजरायली बमबारीबाट राहत प्रदान गरेको छ।

गाजा क्षेत्रमा शासन गर्दै आएको हमास सरकारले युद्धका कारण अहिलेसम्म करिब १५ हजार प्यालेस्टिनीको मृत्यु भएको र लाखौं विस्थापित भएको जनाएको छ।

कतारका अधिकारीहरूले रिहा गरिएका १३ जना बन्धकमध्ये पहिलो समूहमा एउटै परिवारका महिला र बालबालिका रहेको बताएका छन्।

 

 

Tags: