post-slider post-slider

विश्वकपमा खराब प्रदर्शनका बीच श्रीलंकाको क्रिकेट बोर्ड निलम्बित

Image
A A

काठमाडौं- श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेका छन्।

जारी विश्वकपमा टिमको लगातार खस्किँदो प्रदर्शनपछि खेलमन्त्री रणसिंघले क्रिकेट बोर्डलाई निलम्बन गरेका हुन्।

उनले बोर्डलाई निलम्बन गरेर तथर्द समिति गठन गरेका छन्। जसको अध्यक्षमा पूर्वकप्तान अर्जुन रणतुंगालाई नियुक्त गरिएको छ।

रणतुंगा नेतृत्वको तदर्थ कमिटीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश एसआई इमाम, रोहिणी मरसिंघे, उच्च अदालतका पूर्वन्यायाधीश इरंगानी परेर, उपाधी धर्मदासा, हिशअ जमालदीन रहेका छन्।

विश्वकपमा श्रीलंकाले अहिलेसम्म ७ म्याच खेलेका छन् जसमध्ये ५ मा हार बेहोर्नुपरेको छ।

भारतले आफ्नो पछिल्लो म्याचमा श्रीलंकालाई ५५ रनमा अलआउट गरेको थियो।

 

Tags: