post-slider post-slider

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तानसँग पराजित

Image
A A

काठमाडौं- डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड जारी एकदिवसीय विश्वकपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको छ।

आइतबार नयाँदिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड अफगानिस्तानसँग ६९ रनले पराजित भएको हो।

सुरूमा ब्याटिङ गरेर अफगानिस्तानले प्रस्तुत गरेको २८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ४०.३ ओभरमा २१५ रनमात्र बनाउन सक्यो।

योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जित हासिल गर्न सफल भएको छ।

इंग्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रन बनाए। त्यस्तै डेविड मलानले ३२ र आदिल रसिदले २० रनको योगदान दिए। मार्क वुडले १८ रन बनाउँदा रिस टोपलेले १५ रन जोडे। 

यी ब्याटरहरूबाहेक इंग्ल्यान्डका अरू कसैले उल्लेख्य यागदान दिन सकेनन्।

अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहम्मद नाबीले २ विकेट लिए।

यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए। उनले ओपनर इब्राहिम जाडरानसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए। जाडरानले २८ रन बनाए।

जाडरान आउट भएपछि अफगानिस्तानले लगातार विकेट गुमाउँदै गयो।

११४ रनमा कुनै पनि विकेट नगुमेको अफगानिस्तानले इंग्ल्यान्डलाई तीन सयबढीको लक्ष्य प्रस्तुत गर्ने अनुमान गरिएको थियो। तर, छोटो अन्तरालमा विकेट गुमाएको अफगानिस्तान २८४ रनमा सीमित हुन पुग्यो।

११४ रनमा विना कुनै विकेट गुमाएको स्थितिमा रहेको अफगानिस्तान १७४ रनसम्म पुग्ना ५ विकेट गुमाइसकेको थियो।

त्यसपछि इक्रम अलिखिलले इनिङलाई सम्हाले। उनले ५८ रन बनाए भने उनलाई रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाउँदै राम्रो साथ दिए।

इंग्ल्यान्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडेले २ विकेट लिए।

विश्वकपमा तीन खेलमध्ये इंग्ल्यान्डको यो दोस्रो हार हो। यसअघि इंग्ल्यान्ड पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो।

 

 

Tags: