post-slider post-slider

रसुवामा मिनी ट्रक दुर्घटना, तीन जनाको मृत्यु

Image
A A

काठमाडौं- रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

सोमबार नेशिङ्बाट आलु बोकेर ग्रे गाउँतर्फ गइरहेको बा५ख ५७८ नम्बरको आयसर मिनी ट्रक साँझ करिब पौने ६ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए। तीनै जनाको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएकाहरुमध्ये एक जनाको खुट्टा फ्याक्चर भएकाले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। अन्य भने सामान्य घाइते भएको र उपचारका लागि अस्पताल पनि पुर्‍याउन नपरेको प्रहरीले जनाएको छ।

ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

 

 

 
 
Tags: