post-slider post-slider

रोहित शर्मा बने सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय कप्तान

Image
A A

काठमाडौँ- भारत र इंग्ल्याण्डबीचको ५ टेष्ट सिरिजको तेस्रो खेल राजकोटमा हुँदैछ। निरञ्जन शाह रंगशालामा भएको खेलमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ रोजेका थिए। ध्रुव जुरेल र सरफराज खानले डेब्यु गरेका थिए।

अहिले पहिलो दिनको तेस्रो सत्रको खेल चलिरहेको छ। भारतले ३ विकेट गुमाएर २२४ रन बनाएको छ। रोहित शर्मा र रविन्द्र जडेजा क्रिजमा छन्। रोहितले आफ्नो करियरको ११ औं शतक बनाएका छन्। 

जडेजाले करियरको २१ औं अर्धशतक खेल्दैछन्। उनले रोहितसँग १५० रनको साझेदारी पनि गरेका छन्। इंग्ल्याण्डका मार्क वुडले २ तथा टम हार्टलीले १ विकेट लिएका छन्।

यसैबीच रोहित शर्मा अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने भारतीय कप्तान बनेका छन्। भारतीय कप्तानको रूपमा उनको नाममा अहिले २१२ छक्का छ। 

रोहित शर्माले रेहान अहमदविरुद्ध २ रन लिएर शतक पूरा गरेका हुन्। उनले आफ्नो टेष्ट करियरको ११ औं शतक बनाए। इङ्ल्यान्डविरुद्ध उनको यो तेस्रो शतक हो। रोहितले इंग्ल्याण्डविरुद्ध १२ खेलमा ३ अर्धशतक पनि बनाएका छन्। उनले भारतमा आफ्नो ९औं शतक प्रहार गरे।

Tags: