.png)

पुँजीवादलाई रोक्न समाजवादी मोर्चाको गठन : विप्लव
.jpg)
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले दलाल पुँजीवादलाई रोक्न नयाँ मोर्चा घोषणा भएको बताएका छन्।
सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै उनले विस्तारवाद र सामन्तवाद दुवैको अन्त्यका लागि मोर्चा घोषणा भएको बताएका हुन्।
नेपालमा थुप्रै खालका समस्याहरू देखिएको र यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने विप्लवले दाबी गरे।
चार नेताबीच भएको लामो छलफलपछि आजको संकटबाट उन्मुक्ति पाउन मोर्चा बनेको उनले बताए।
समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको बताउँदै विप्लवले देशको नेतृत्व अब समाजवादी मोर्चाले गर्ने दाबी गरे।