post-slider post-slider

वाग्मती किनारको बस्ती खाली गर्न सरकारलाई निर्देशन

Image
A A

काठमाडौं- संसदीय समितिले वाग्मती किनारमा रहेका अव्यवस्थित एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो।

समितिका सचिव उदयकुमार भण्डारीले वाग्मती किनारका अव्यवस्थित बासोवासी एवं सुकुम्बासी बस्ती ६ महिनाभित्र व्यवस्थापन गरी उक्त स्थान खाली गर्न सरकारलाई निर्देशन दिएको बताए।

समितिले उपयुक्त सम्बन्धमा उच्चस्तरीय अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सहयोगमा वाग्मती किनारको स्थलगत अवलोकन पनि गर्ने उनले बताए।

 

Tags: