post-slider post-slider

टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेल अख्तियारको नियन्त्रणमा

Image
A A

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरी उपर विशेषमा मुद्दा चलाइएका पौडेलद्वयलाई बयानका लागि पटक–पटक ताकेदा गर्दा पनि नआएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ।

पक्राउ परेका उनीहरूलाई बिहीबार विशेष अदालतमा उपस्थित गराउने तयारी आयोगले गरेको बताइएको छ।

 

Tags: