post-slider post-slider

राष्ट्रपति पौडेलले स्थगित गरे युरोप भ्रमण

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन्।

विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका हुन्।

मन्त्रिपरिषदको बैठकले उनको भ्रमण स्वीकृत गरेको भोलिपल्ट जाजरकोट केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको थियो।

‘...जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले नेपाल नेपाली जनताका निम्ति अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरहेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको’ उनका राजनीतिक प्रेस सल्लाहकार किरण पोखरेलले जारी गरेको प्रेस नोटमा भनिएको छ।

नोभेम्बर ९ देखि ११ तारिखसम्म पेसिरमा हुने पिस फोरम कार्यक्रममा भाग लिन राष्ट्रपति पौडेलको त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो।

Tags: