post-slider post-slider

आन्तरिक उडानमा भाडा घटाउने सहमति

Image
A A

काठमाडौं- आन्तरिक उडानमा हवाइ भाडादर घटाइने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायुसेवालगायत सम्बन्धित संस्थाबीच बाहिरबाट काठमाडौं फर्किने आन्तरिक उडानमा हवाइ भाडादर घटाउँदै लैजाने सहमति भएको हो।

मन्त्रालयका उपसचिव टेक नारायण पौडेलका अनुसार नागरिकबाट आएको गुनासोलाई ध्यान दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतमा नागरिक उड्डयन प्राधिकरण र आन्तरिक वायुसेवा संस्थाका पदाधिकारीबीच सोमबार बसेको बैठकमा विस्तृत छलफल भएको हो।

बैठकमा वायुसेवा संस्थाले महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत क्रमशः कम गरी अधिकतम कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने सहमति भएको उनले बताए।

आन्तरिक वायुसेवाहरूको हवाइ भाडा महँगो भएको भनी जनगुनासो आएपछि सरोकारवालाबीच छलफल सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

चाडपर्वको अवसरमा यात्रुलाई सुरक्षित, भरपर्दो, प्रभावकारी र सुलभ हवाइ यातायातको प्रत्याभूति गराउन सम्बन्धीत संस्थाहरूलाई मन्त्री किरातीले निर्देशनसमेत दिएका छन्।

 

Tags: