post-slider post-slider

इरानसँग सम्बन्ध सुधार गर्न पाकिस्तान तयार

Image
A A

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन आफूहरु प्रतिबद्ध रहेको बताएका छन्।

इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री काकरले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरु विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताका सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

त्यस्ता कूटनीतिक सिद्धान्तहरुको महत्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता अक्षुण राख्न र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरुको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्वलाई जोड दिएको बताइएको छ।

साथै काकरले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई पाकिस्तान भ्रमणको निम्तोसमेत दिएका छन्।

पछिल्लो समय पाकिस्तान र इरानबीचको सम्बन्धमा तनाव बढेको छ। 

 

Tags: