post-slider post-slider

टि–२० क्रिकेटमा कुशल मल्लको कीर्तिमानी इनिङ

Image
A A

काठमाडौं- नेपालका अलराउन्डर कुशल मल्लले टि–२० क्रिकेटमा कीर्तिमानी इनिङ खेलेका छन्।

सबैभन्दा कम बलमा शतक प्रहार गरेर उनले विश्व कीर्तिमान कायम गरेका हुन्।

दक्षिण एसियाली खेलअन्र्तगत चीनको हान्झाउमा जारी प्रतियोगितामा मल्लले मंगोलियाविरूद्ध ३२ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका हुन्।

उनले दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका विक्रमाशेखरले ३५ बलमा शतक बनाएको कीर्तिमान तोडेका छन्।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी फिफेङ क्रिकेट मैदानमा भइरहेको खेलमा कुशल मल्लले ३४ बलमा ६ चौका र ९ छक्काको मदतमा शतक पूरा गरेका थिए।

कुशल मल्ल नेपालका लागि टि–२० मा शतक प्रहार गर्ने पाँचौं खेलाडी हुन्।

यसअघि पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्ल तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले टि–२० मा शतक प्रहार गरेका छन्।

नेपालका लागि टि–२० मा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका छन्। यसअघिको व्यक्तिगत उच्च स्कोर दीपेन्द्रसिंह ऐरीले बनाएका थिए। उनले नटआउट ११० रन बनाएका थिए।

यसअघि नेपाली टिमका पूर्वकप्तान पारस खड्काले २०१९ मा सिंगापुरविरूद्ध ४९ बलमा शतक बनाएका थिए।

 

Tags: