post-slider post-slider

एसिसी एसिया कपमा टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

Image
A A

काठमाडौं- एसिसी एसिया कपको दोस्रो खेलमा नेपालल विश्व क्रिकेटको महारथी भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

यो खेल नेपालका लागि जित्ने भन्दा पनि सिक्ने अवसर हुनेछ । पहिलो खेलमा नेपालले पाकिस्तानसँग दुई सय ३८ रनको हार ब्यहोरेको थियो।

समूह ‘ए’ मा दुई खेलबाट तीन अंक जोडेको पाकिस्तान शीर्षस्थानमा रहँदै शीर्ष चारमा प्रवेश गरिसकेको छ । पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान दोस्रो खेलमा वर्षाले खेल रद्ध हुँदा भारतसँग अंक बाढेको थिय । भारतको एक अंक छ भने नेपाल बिना अंक तालिकाको पुछारमा छ।

अब, यो समूहबाट नेपाल र भारत मध्ये एक टोली सुपर चारमा पुग्नेछन्। जसको छिनोफानो यही खेलबाट लाग्नेछ।

नेपालको पहिलो रोजाइ

रोहित पौडेल (कप्तान) ,कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी

भारतको पहिलो रोजाइ

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, हार्दिक पान्ड्या, इशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद सिराज कुलदीप यादव 

 

Tags: