post-slider post-slider

विश्वकप : भारतको ‘अजेय–यात्रा’ कायमै, दक्षिण अफ्रिकाको लज्जास्पद हार

Image
A A

काठमाडौं- आइसिसी एकदिवसीय विश्वकपमा भारतले आफ्नो ‘अजेय–यात्रा’ लाई कायमै राखेको छ।

आइतबार कोलकत्ताको इडेन गार्डेनमा दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गरेर भारतले लगातार आठौं म्याचमा जित हासिल गरेको हो।

यो जितसँगै सेमिफाइनलका लागि क्वालिफाइ गरिसकेको भारत अंकतालिकामा पनि शीर्ष स्थानलाई यथावत राखेको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले विराट कोहलीको कीर्तिमानी शतकीय इनिङको मदतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२७ रनको योगफल खडा ग¥यो।

३२८ रनको लक्ष्य पछ्याएको विश्वकपको ‘इनफर्म’ टिम दक्षिण अफ्रिकाका ब्याटरहरू निरीह देखिए।

 २७‍.१   ओभरमात्रै ब्याटिङ गर्न सकेको दक्षिण अफ्रिका सबै विकेट गुमाएर  जम्मा ८३ रन बनाउनसक्यो।

आक्रम ब्याटिङ ‘लाइनअप’ को पहिचान बनाएका दक्षिण अफ्रिकाका ब्याटरहरू भारतीय बलिङ सामुन्ने टिक्न सकेनन्।

दक्षिण अफ्रिकाको ब्याटिङमा ‘पिलर’ ठानिएका क्विन्टन डिकक, एडेन मारक्रम, हेनरी क्लासेन, डेविड मिलर, कप्तान तेम्बा बमुबालगातका ब्याटरहरू भारतीय बलरसामू पिचमा समय बिताउनसकेनन्।

डिकक ५, कप्तान बमुमा ११, रासी भेन डर दुसाँ, १३, मारक्रम ९, क्लासेन १, मिलर ११ र केशव महाराज ७ रन बनाएर आउट भए।

भारतका लागि रवीन्द्र जडेजाले ५, मोहम्मद शमीले र कुलदीप यादवले २-२, रमोहम्मद सिराजले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२७ रन बनाएको थियो।

दक्षिण अफ्रिकाविरूद्ध कोहलीले ४९ औं शतक पूरा गर्दै दिग्गज क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमान बराबरी गरे।

त्यस्तै श्रेयस अय्यरले ७७, कप्तान रोहित शर्माले ४०, सुभमन गिलले २३, सूर्यकुमार यादवले २२, रवीन्द्र जडेजाले २९ र केएल राहुलले ८८ रन बनाए।

दक्षिण अफ्रिकाका लागि लुङ्गी एनजिडी, मार्को जेनसन, कैसिगो रबाडा, केशव महाराज, तबरिज सम्सीले १–१ विकेट लिए।

 

Tags: