post-slider post-slider

जसपाले बोलायो केन्द्रीय समिति बैठक

Image
A A

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

विधान अधिवेशनको तयारीमा जुटेको जसपाले केन्द्रीय समिति बैठक बोलाएको हो।

असार ९ गते बिहान १० बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी जसपाले बैठक बोलाएको हो।

विभिन्न समिति र संगठनहरूले पठाएका सुझावहरूलाई समेटेर केन्द्रीय कार्यकारिणी समितिले तयार पारेको संशोधित विधानबारे केन्द्रीय समिति बैठकमा छलफल हुने जसपाले जनाएको हो।

जसपाले असार १०–१२ गतेसम्म काठमाडौंमा विधान अधिवेशन गर्दैछ। विभिन्न समिति र संगठन गरी ७७८ जना प्रतिनिधिहरू विधान अधिवेशनमा सहभागी हुनेछन्। प्रतिनिधिहरूमध्उे ४२३ जना केन्द्रीय समिति सदस्यहरू छन्।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकाले जसपाका ४२३ जना केन्द्रीय सदस्यहरू विधान अधिवेशनका लागि स्वतः प्रतिनिधि हुनेछन्।

 

 

Tags: