post-slider post-slider

राष्ट्रपतिबाट पाकिस्तानको संसद भंग

Image
A A

काठमाडौं- पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले नेसनल असेम्बली (संसद) भंग गरेका छन्।

प्रधानमन्त्री शहबाज शरीफको सिफारिसमा राष्ट्रपति अल्वीले संसद भंग गरेका हुन्।

संसद भंग भएसँगै प्रधानमन्त्री शरीफको मन्त्रिमण्डल पनि भंग भएको छ। यद्यपि कार्यवाहक प्रधानमन्त्री नियुक्त नहुँदासम्म शरीफले नै जिम्मेवारी सम्हाल्ने छन्।

संसद भंग भएको तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चुनाव हुने जनाइएको छ।

प्रधानमन्त्रीको उम्मेवार चयन गर्ने विषयमा संसदमा विपक्षका नेता राजा रियाज बिहीबार प्रधानमन्त्री शरीफसँग भेटवार्ता गर्ने भएका छन्।

सहमतिकै आधारमा प्रधानमन्त्रीको उम्मेवार चयन गर्ने आफ्नो प्रयास रहेको उनले बताएका छन्। 

सर्वसम्मतिबाट कार्यबाहक प्रधानमन्त्री निर्वाचित हुने उनले विश्वास व्यक्त गरेका छन्।

पाकिस्तानी संसदको कार्यकाल १२ अगस्तमा अन्त्य भइरहेको थियो। कार्यकाल अन्त्य हुनुभन्दा तीन दिनअगावै प्रधानमन्त्री शरीफले संसद भंग गर्ने निर्णय गरेका हुन्।

अब कामचलाउ सरकारसँग पाकिस्तानमा चुनाव सम्पन्न गर्न ९० दिनको समय हुनेछ।

 

Tags: