post-slider post-slider

त्रिवि उपकुलपति नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान

Image
A A

काठमाडौं- त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान गरिएको छ।

उपकलुपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो।

समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो।

समितिले यसअघि पहिलोपटक पुस २० गते सार्वजनिक सूचनामार्फत उपकुलपतिमा नियुक्तिका लागि योग्य व्यक्तिबाट दरखास्त आह्वान गरेको थियो।

उक्त सूचनामा उपकुलपतका लागि दरखास्त दिने व्यक्तिका लागि विभिन्न ६ वटा मापदण्ड तोकिएको थियो।

ती मापदण्डमध्ये विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको बेहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो व्यवस्था संशोधन गर्न निर्देशन दिएका थिए।

उनको निर्देशनपछि पुस २० गतेको सूचना रद्द गरेर समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो।

कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउनेछन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन। तर, उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ।

 

Tags: