post-slider post-slider

रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा हुने

Image
A A

काठमाडौं- रूपन्देही, कपिलवस्तु र दाङमा भारी वर्षा भएको छ। रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासको क्षेत्रमा गएरातिदेखि भारी वर्षा भएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्र भएर बहने कोठी, बाणगंगा, सुरईलगायत खोलाहरूमा बहाव बढ्ने सम्भावना रहेको छ। त्यसैले नदी तथा खोलाका तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को अनुमान छ।  यस्तै, नारायणगढ–मुग्लिन सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन्। तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीको आग्रह छ। 

 

Tags: