post-slider post-slider

सडकमा डोजर राखेर निर्माण व्यवसायीहरूको प्रदर्शन

Image
A A

काठमाडौं- निर्माण व्यवसायीहरूले डोजरलगायतका निर्माण यन्त्रसहित प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गरेका छन्।

विभिन्न ९ बुँदे माग राखेर निर्माण व्यवसायीहरूले मंगलबार बिहान प्रदर्शन गरेका हुन्।

बालुवाटारमा विरोध प्रदर्शन गरेका उनीहरूले धोबीखोला करिडरमा समेत सडकमा डोजर राखेर प्रदर्शन गरेका हुन्।

सडक किनारमा डोजर राखेका कारण निर्माण व्यवसायीहरूको प्रदर्शनका कारण सवारी आवामगन भने प्रभावित भएन।

निर्माण व्यवसायीहरूले सम्पूर्ण ठेक्काको एकमुस्ट म्याद थप हुनुपर्ने, व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमनअघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन हुनुपर्ने, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन हुनुपर्ने, उपभोक्ता समितिमार्फत हुने निर्माण कार्य खारेज गर्नुपर्ने लगायतका माग राखेका छन्।

 

Tags: