post-slider post-slider

काठमाडौंमा हिन्दी चलचित्र प्रदर्शन गर्न बालेनको निषेध

Image
A A

काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाडौंको सिनेमा हलहरूमा सोमबारदेखि हिन्दी फिल्मको प्रदर्शनमाथि रोक लगाएको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्याइएको भन्दै महानगरले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएका हो।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबारदेखि निषेध गरिएको बताएका छन्।

उनले ‘आदिपुरुष’ चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने प्रष्ट पारेका छन्।

‘काठमाडौं महानगरपालिकाका क्षेत्रभि उक्त राष्ट्रहितविपरितको चलचित्र प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्।

मेयर साहले ‘आदिपुरुष’ रिलिज हुनुअघि फिल्ममा समावेश गरिएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाउन तीन दिनको समय दिएका थिए। उनले यो शब्द नेपालमा मात्रै नभएर भारतमा पनि हटाउनुपर्ने जिकिर गरेका थिए।

तीन दिनभित्र यो शब्द नहटाइए काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने साहले चेतावनी दिएका थिए।

‘नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानीलाई अक्षुण राख्दै राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन,’ साहले भनेका छन्।

उनले ‘आदिपुरुष’ लाई यथावत चल्न दिए राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भएको ठहर हुने तर्क गरेका छन्।

 ‘आदिपुरुष’ फिल्मलाई यथावत प्रदर्शन गर्न दिए नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुतिमाथि ठाडो प्रहार भइ अपूर्णीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ साहले भनेका छन्।

Tags: