post-slider post-slider

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र नरूचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरूद्ध अनर्गल, कपोकल्पित र झुटो प्रचार गरिरहेको उनले बताएका हुन्।

प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले झुटो प्रचार रोक्ने र जनतलाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको बताए।

प्रचण्डले भ्रामक सूचनाका विरूद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे।

प्रधानमन्त्रीका रूपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको बताउँदै उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको उल्लेख गरे।

एनसलेको सेयर खरिदबिक्रीका सम्बन्धमा आफूले युएईमा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीले प्रचण्डले बताएका छन्।

‘म युएईमा हुँदा एनसेल खरिदबिक्री भएको सुनेँ, यसमा सतर्कतापूर्वक अध्ययन गर्न निर्देशन दिएँ,’ उनले भने,‘स्वदेश फर्केको भोलिपल्ट मुख्य सचिवलगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली, वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा के कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएँ।’

अस्वभाविक देखिएको एनसेल खरिदबिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धन पूरै अवधि कायम रहने बताए।

एक वर्षको समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रचण्डले जानकारी दिए।

 

Tags: