आयाेमेल संवाददाता २०८० श्रावण १५ गते
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ।
दिउँसो १ बजे संसद बैठक बस्नुअघि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।
दलको कार्यालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाले जनाएको छ।