post-slider post-slider

गाउँपालिका अध्यक्षमाथि आक्रमणमा प्रयोग भएको गाडीसहित एक जना पक्राउ

Image
A A

जनकपुरधाम- धनुषाको मुखियापट्टी मुसहरिनया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि सांघातिक आक्रमणमा प्रयोग भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको बेंगासिहपुरबाट प्रहरीले मधेस प्रदेस ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रञ्जन आवाले  बेंगासिहपुरबाट गाडीसहित एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘बेंगासिहपुरबाट गाडी र एक जना चालकलाई नियन्त्रणमा लिएका छौं। गाडी र घटनाबारे बुझ्ने काम हुँदैछ,’ आयोमेलसँग उनले भने।

प्रादेशिक अस्पताल जनकपुरधामबाट जिरोमाइलस्थित निवास फर्कने क्रममा अध्यक्ष यादवमाथि बिहीबार राति करिब १ बजे आक्रमण भएको थियो।

प्रदेस ०२ ००१च १०४७ नम्बरको स्कोर्पियो चढेर ६÷७ जनाको समूहमा आएको अज्ञात व्यक्तिले तपसी चोकमा आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताएका थिए।

आक्रमणमा परी घाइते भएका यादवलाई भेट्न आजै नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि उनको निवास पुगेका थिए।

निधिले घटना नियोजित भएको भन्दै संलग्न व्यक्तिहरूलाई तत्काली पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका थिए।

यो पनि :

गाउँपालिकाका अध्यक्ष यादवमाथि आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन निधिको माग

 

Tags: