post-slider post-slider

‘गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धबारे स्वतन्त्र धारणा बनाउने कूटनीतिक प्रयास हो’

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्वतन्त्र धारणा बनाउने नेपालको कूटनीतिक प्रयास भएको बताएका छन्।

राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साउदले यस्तो बताएका हुन्।

उनले भने,‘गुण र दोषका आधारमा अन्तर्राष्ट्रिय मुद्दामा स्वतन्त्र धारणा बनाउने, मतदान गर्ने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई न्यायपूर्ण, निष्पक्ष, उत्तरदायी र सहयोगात्मक बनाउने दिशमा नेपालको कूटनीतिक प्रयास उन्मुख छ।’

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रम उपर भएको छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राईले ‘नेपाल असंलग्न परराष्ट्र नीतिबाट विचलित भएको हो कि?’ भन्ने प्रश्न गरेकी थिइन्।

त्यसको जवाफमा परराष्ट्रमन्त्री साउदले भने,‘परराष्ट्र नीति सञ्चालनका मूलभूत आधार नेपालको संविधानले निर्दिष्ट गरेको छ र असंलग्नता ती आधारहरूमध्ये एक प्रमुख आधार रहिआएको छ। नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेकीलगायत अन्य मुलुकसँगको सम्बन्धलाई सुदृढ र विस्तार गर्दै आएको छ।’

नेपालको स्वतन्त्र, सन्तुलित, निष्पक्ष र वस्तुनिष्ठ दृष्टिकोणका कारण विश्व जगतमा विश्वसनीयता र सम्मान आर्जन हुन सकेको पनि साउनले बताए। 

 

Tags: