post-slider post-slider

खेलकुदको सङ्गालो : ‘नेपाली खेलकुदको वृत्तान्त’ बजारमा आउँदै

Image
A A

काठमाडौं- नेपाली खेलकुदको सङ्गालोका रुपमा  पुस्तक प्रकशनको अन्तिम तयारीमा छ। पुस्तकको नाम राखिएको छ ‘नेपाली खेलकुदको वृत्तान्त’।

नेपाली खेलकुदपय समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमुलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ असार चौथो साता बजारमा आउने तयारीमा रहेको छ। 

यो पुस्तक क्रिएटिभ बुक्सले प्रकासन गर्न लागेको हो। 

खेल पत्रकार नवीन अर्यालले लेखेको पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा असार चौथो साता राजधानी काठमाडौंमा सार्वजनिक गर्न लागिएको क्रियटिभ बुक्सका टिएस ठकुरीले जनाएका छन्।

खेलकुद् पत्रकारितामा क्रियाशिल अर्यालको यो पहिलो पुस्तक हो।

पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद् वृत्तान्त समेटिएको छ। नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल–यात्राको वर्णन गरिएको छ।

साथै, सीमित साधनस्रोतकाबीच नेपालको घरेलु खेलकुद्लाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिवद्ध गरिएको छ।

ऐतिहासिक तस्बिरहरू, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा  प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउनेछ। नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजका रुपमा रहने विश्वास गरिएको छ।

नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकको उपस्थिति करिब शून्य रहेका बेला यो पुस्तक खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा प्रकाशक क्रिएटिभ बुक्सले गरेको छ।

भारोत्तोलनका कीर्तिमानी खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियनबाट यात्रा आरम्भ गरेको क्रियटिभ बुक्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान एलबी क्षेत्रीको पुस्तक कप्तान १९९८ प्रकाशन गरिसकेको छ।

 

Tags: