post-slider post-slider

शम्भुनाथका मेयर भ्रष्टाचारी ठहर

Image
A A

काठमाडौं-  सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र गुप्तासहित दुई जना भ्रष्टाचारी ठहर गरेको छ।

विशेष अदालतले गुप्तासहित दुई जनालाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो।

विशेष अदालतका सदस्यहरु यमुना भट्टराई, बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलासले गुप्तासहित इन्जिनियर रामचन्द्र साहलाई पनि भ्रष्टाचारी ठहर गरेको हो।

उनीहरुमाथि १ लाख ४० हजार रुपैयाँ घुस लिएको आरोप थियो।

दुवै जनाबाट १ लाख ४० हजार रुपैयाँ विगो र त्यति नै जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

दुवैलाई ६ / ६ महिना कैद गर्ने फैसलासमेत भएको छ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले गत फागुनमा घुससहित रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा मेयर गुप्ताले पनि घुस मागेको भेटिएपछि अख्तियारले मुद्दा चलाएको थियो।

 

Tags: