post-slider post-slider

युरो कप : फ्रान्स, अष्ट्रिया र इंग्ल्याण्ड अन्तिम १६ मा

Image
A A

काठमाडौं- जारी युरोकपको समूह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन्।

गएराति सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमा रोकिएका थिए।

यी बराबरीपछि इङल्याण्ड समूह सी मा ३ खेलमा ५ अंकसहित शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ।

त्यस्तै, डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तर पनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहँदै नकआउटमा छनौट भएको छ।

त्यस्तै, स्लोभेनिया तेस्रो स्थानमा रहे पनि नक आउट चरणमा भने स्थान बनाएको छ।

तेस्रो स्थानमा रहने ६ समूहका शीर्ष चार देशले नकआउट चरणमा स्थान बनाउने छन्। त्यस्तै, समूह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरे पनि बाहिरिएको छ।

युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ। पोल्याण्डविरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ।

गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिएको थियो। उसमान डेम्बेलेमाथि भएको फाउलपछि पाएको पेनाल्टीमा चोटपछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्‍यो। रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टीमार्फत नै गोल गरेका थिए। उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाए पनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाइन भन्दाअघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए।

फ्रान्सको बराबरीपछि सोही समयमा नेदरल्याण्ड्समाथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो।

३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो। आफ्नो अन्तिम खेलमा पोल्याण्डसँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो।

नेदरल्याण्ड्स भने ४ अंकसहित तेस्रो स्थानमा रह्यो। उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ। पोल्याण्ड १ अंकसहित समूहको पुछारमा रहँदै बाहिरिएको छ।

Tags: