post-slider post-slider

कप्तान रोहितको उत्कृष्ट प्रदर्शनमा क्यानडा नेपालसँग पराजित

Image
A A

काठमाडौं, माघ २५ - नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको छ। टियु मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।

नेपाल र क्यानडाबीचको तीन खेलको एक दिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको हो।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए। ललित राजवंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सूर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए। 

त्यसैगरी, क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए।

यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ।

 

Tags: