post-slider post-slider

सिक्किममा एक वर्ष सुत्केरी बिदा

Image
A A

काठमाडौं- भारतको सिक्किम राज्य सरकारले कर्मचारीलाई एक वर्ष सुत्केरी बिदा दिने घोषणा गरेको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका महिला कर्मचारीहरूलाई एक वर्ष सुत्केरी बिदा दिने घोषणा गरेका हुन्।

साथै पितृत्व बिदा पनि एक महिना थप गरिएको छ।

सिक्किम स्टेट सिभिल सर्भिस अफिसर्स एसोसिएसन (एससिएसओए) का वार्षिक बैठकलाई बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस्तो घोषणा गरेका हुन्।

उनले यो बिदाको लाभ कर्मचारीसम्म पु¥याउन सेवा नियममा परिवर्तन गरिने बताए।

‘यो परिवर्तनपछि सरकारी कर्मचारीलाई आफ्नो बच्चा र परिवारको हेरचाहमा फाइदा पुग्नेछ,’ उनले भने।

सुत्केरी बिदा अधिनियम १९६१ अनुसार महिलाहरूलाई ६ महिनासम्म तलबसहितको बिदा प्राप्त हुने प्रावधान रहेको छ।

सिक्किममा भारतको सबैभन्दा कम करिब ६ लाख ३२ हजार जनसंख्या छ।

 

Tags: