post-slider post-slider

एसिया कप : नेपालविरूद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

Image
A A

काठमाडौं- एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

पाकिस्तानको मुल्तान मैदानमा पाकिस्तानले टस जितेको हो।

टस जितेका पाकिस्तानका कप्तान बाबर आजमले नेपाललाई फिल्डिङका लागि निम्तो दिएका छन्।

एसिया कपको उद्घाटन खेलमा टिम नेपालले एकदिवसीय क्रिकेटको वरियतामा पहिलो स्थानमा रहेको पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

एकदिवसीय वरीयताको १५ औं स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरूद्ध खेल्दैछ।

Tags: