post-slider post-slider

सरकार फेरबदलको कुरा भएको छैन : शर्मा

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार फेरबदलबारे अहिले कुनै कुरा नभएको बताएका छन्।

नेपाल प्रेस युनियन बाजुराले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताए।

महामन्त्री शर्माले सरकारबाट भएका कमीकमजोरीको आलोचना गर्ने र सकरात्मक कामको प्रशंसा गर्ने काम पार्टीबाट हुनुपर्ने उल्लेख गरे।

आफ्नै पार्टीको सरकार भए पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उनले बताए।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही भए समर्थन गर्न पछि नहट्ने उनको भनाइ छ।

महामन्त्री शर्माले आगामी पुसमा आयोजना हुन लागेको महासमिति बैठकबाट पार्टीको नीति तय गरिने उल्लेख गरे।

उनले महासमितिको अधिवेशन नेतृत्व चयनका लागि नभएर नीति बनाउन केन्द्रित हुने प्रष्ट पारे।

 

Tags: