post-slider post-slider

पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

Image
A A

काठमाडौं- पाल्पाको तिनाउ गाउँपालिका-६ चिदिसमा मुस्ताङ जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा ८ जनाले ज्यान गुमाएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी कुवेर कडायतले बताए।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली पुगेको छ।

लु१ज २३७१ नम्बरको जिप डुम्रेबाट चिदिसतर्फ जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको कडायतले बताए।

मृतकहरूको पहिचान खुलिसकेको छैन। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 

घटनामा १८ जना घाइते रहेका छन्। उनीहरूको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको कडायतले बताए।  

'एक्साभेटर नभएका कारण दुई वटा शव निकाल्न सकिएको छैन,' कडायतले भने।

जिप अनियन्त्रित भएर सडकबाट तीन सय मिटर तल खसेको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सामान्य घाइते रहेका उनले जिप अनियन्त्रित भएर सडकबाट खसेको बताएका छन्।

Tags: