post-slider post-slider

राष्ट्रियसभा निर्वाचन : गठबन्धनले टुंग्यायो सिटको बाँडफाँट

Image
A A

काठमाडौं- राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनले भागबन्डा टुंग्याएको छ।

आइतबार बिहान प्रधानमनन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिटको भागबन्डा टुंग्याएको हो।

बैठकमा सहभागी नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले १९ मध्ये नेपाली कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जसापले १ सिट पाउनेगरी सहमति भएको जानकारी दिए।

तीन सिटमा दाबी गरेको एकीकृत समाजवादी र दुई सिटमा दाबी गरेको जसपा भने भागबन्डाबाट असन्तुष्ट बनेको बताइएको छ।

एकीकृत समाजवादी र जसपाले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने बताएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

कांग्रेसका मुख्य सचेतक लेखले भने सरकारमा संलग्न र सहयोगमा समर्थन गर्ने दलहरूका बीचमा संयुक्त रूपले उम्मेदवारी दिने विषय टुंगो लागेको बताए।

उनका अनुसार क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको र बाँकी रहेका स्थानमा पार्टीमा छलफल गरेर टुंगो लगाइनेछ।

कोसीमा कांग्रेस र माओवादीले १÷१, मधेसमा कांग्रेस र जसपाले १ / १, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १ / १, लुम्बिनीमा कांग्रेस र माओवादीले १ / १ सिट पाउने सहमति भएको बताइएको छ।

मधेस प्रदेसमा कांग्रेसले पुरुष र जसपाले महिला क्लस्टर पाउने सहमति भएको छ।

बागमती, गण्डकी र कर्णालीमा टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन्। 

 

Tags: