post-slider post-slider

प्रिमियर लिगमा लिभरपुलको जित, शीर्ष स्थानमा

Image
A A

काठमाडौं- इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ।

त्यसैगरी, क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ।

अर्को खेलमा म्यानचेष्टर सिटीले ३-२ र आर्सनलले साउथह्याम्प्टनलाई ३-१ गोलले पराजित गरेको छ। लिगमा सिटी १७ र आर्सनल १७ अंकसाथ दोस्रो र तेस्रो स्थानमा छन्।

Tags: