post-slider post-slider

कांग्रेस मधेश प्रदेश सम्मेलन : असहमति र उपेक्षा

Image
A A

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यन्तै छोटो मनतब्य राख्दै भने - निर्वाचन प्रणालिका कारण   बहुमत ल्याउन सक्ने अवस्था छैन तर आगामी दिनहरुमा कांग्रेसले बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने छ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनमा भने, 'पार्टीमा अन्तरघातको रोग छ यसबाट पार्टीलाई जोगाउनुस ।'

उपसभापतिद्वय पुर्णबहादुर खड्का र धनराज गुरुङ्ग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगाएतकाले सम्बोधन गरेका थिए ।

उपसभापतिद्वय पुर्णबहादुर खड्का र धनराज गुरुङ्ग महामन्त्रीद्वय गगन थापाले र विश्वप्रकाश शर्मा लगाएतकाले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेसको पाँचौ महाधिवेशन वि।सं।२००९ सालमा जनकपुरधाममा भएको थियो । सहिद दुर्गानन्द झा र सरोज कोइराला,रामनारायण मिश्र, बोधप्रसाद उपाध्याय, महेश्वर सिंह, रुद्रप्रसाद गिरी, भोजराज घिमिरे, वेणीमाधव सिंह मधेशमा उतिेलाका कांग्रेस पुञ्ज थिए ।

वि।सं।२००९ भदौ २१ गते पार्टीको आन्तरिक विवाद बढ्दैजाँदा कांग्रेस विभाजन भयो । विभाजनको कारण मध्येको एक थियो मातृका प्रसाद कोइराला र वी।पी।कोइरालाको टकराव । त्यसमा प्रस्तावित संविधान सभाको चुनाव रोक्न विषयमा राजाले चलखेल गरिरहेकै थिए ।

विभाजित कांग्रेसको एउटा खेमा सभापतिमा मातृकाप्रसाद कोइराला,महामन्त्री महेन्द्रविक्रम शाह र महामन्त्री बोधप्रसाद उपाध्याय सहित छुट्टिएर गयो । त्यस अघि जनकपुरमा वि।सं।२००९ साल जेठमा सम्पन्न महाधिवेशनले वी.पी. कोईरालालाई सभापति चयन गरेको थियो ।

दोस्रो संविधान सभा पछी पार्टी भित्र संघीयताको कार्यान्वयन गरिरहेको कांग्रेसको मधेश प्रदेश सम्मेलन अघि पार्टीको वरियताक्रम र निमण्त्रणालाई लिएर विवाद शुरु भयो । मधेश प्रदेश समितिमा इतरपक्षले असहमति नै लेख्यो ।

सहमतिको विषय हो सम्मेलनको मञ्चमा वरिष्ठ नेताको हैसियतमा डा।शेखर कोइरालालाई राख्ने कि नराख्ने भन्ने । यसबीच कांग्रेस पूर्व उपसभापति विमलेन्द्र नीधिलाई समेत मञ्चमा सम्मानजनक स्थान दिइएन् ।

निधि मञ्चको तल दर्शक दिर्घामा बसेर सहभागीता जनाए । मधेश प्रदेशको मुटु कुनै बेला कददावर नेता स्व.महेन्द्रनारायाण निधिका छोरा हुन निधि ।

उनि पुर्व उपसभापति पनि हुन् । नेपाल विद्यार्थि संघका अध्यक्ष र सरकारमा पटक पटक मन्त्री समेत भईसकेका नता हुन निधि  त्यसैगरी डा।शेखर कोइराला सम्मेलनमा नै उपस्थित भएनन् । तर यस अघि भएका सम्मेलनमा सहभागी मधेश प्रदेश सम्मेलनमा उप सभापति पुर्ण बहादुर खड्का सहभागी थिएनन । मधेस प्रदेश सम्मेलनमा सहभागी भए ।

र गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा।रामवरण यादव जन्माएको र हुर्काएको जिल्ला पनि हो धनुषा(मधेशको जनकपुरधाम ।

नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले पार्टीको प्रथम प्रदेश सम्मेलनले मधेशको भविष्य निर्माण गर्ने भन्दै बुधबार पत्रकार सम्मेलन गरेका थिए ।

मधेश प्रदेशका ८ वटा जिल्लाबाट छनौट भएका ८ सय २५ जना प्रदेश प्रतिनिधि सम्मेलनमा सहभागी हुने समेत बताईएको थियो । कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनको आज  उद्घाटन भएर शुक्रबार बन्दसत्र सक्दै समापन हुने तय छ ।

सम्मेलनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमितिले बुधबार नै पारित गरेको थियो ।

प्रजातान्त्र स्थापनामा कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी नेतृत्वको जनमुक्ति सेनाले २००७ सालको मंसिरमा जनकपुर कब्जा गरेको थियो। .

 

Tags: