post-slider post-slider

टीकापुर घटनाका तीन दोषीले पाए राष्ट्रपतिबाट माफी

Image
A A

धनगढी- कैलालीको टीकापुर घटनामा संलग्न‍ रही कारागारमा रहेका तीन जना बुधबार रिहा भएका छन्।

संविधान दिवस, २०८० को अवसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा पक्राउ परी कारागारमा रहेका तीन जना दोषीलाई आममाफी सहित रिहा गरिएको हो।

रिहा हुनेमा टीकापुर नगरपालिका-३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस-४ का प्रदिप चौधरी र हरिनारायण चौधरी रहेका छन्।

उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली- ४ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायत प्रदेशसभा सदस्य र नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर भेटघाट तथा स्वागत गरेका थिए।

Tags: