post-slider post-slider

पूर्वमन्त्री बस्नेत एनआरएनएका नवनिर्वाचित अध्यक्षलाई बधाइ दिन जाँदा शर्मा पक्षको अवरोध

Image
A A

काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेत एनआरएनका नवनिर्वाचित अध्यक्ष बद्री केसीलाई बधाइ दिन जाँदा पराजित पक्ष आरके शर्मा समर्थकहरूले अवरोध गरेका छन्।

एनआरएनएको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष केसीलाई बधाइ दिन गएका बेला बस्नेतसहितलाई शर्मा पक्षले अवरोध गरेको हो।

शर्माका समर्थकहरूले अवरोध गरेपछि एनआरएनएको कार्यालयमा दुवै पक्षबीच विवाद भएको छ।

अध्यक्ष केसीसहित एनआरएनएको नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा नेता बस्नेत सहभागी भएका थिए।

कार्यालयको हलमा कार्यक्रम भइरहेका बेला पराजित पक्ष पुगेपछि विवाद भएको थियो।

शर्मालाई युवा संघका कार्यकर्ताले दुव्र्यवहार गरेको पराजित पक्षको आरोप छ। शर्मा पक्षका केही नेतामाथि घाइते हुनेगरी हातपात भएको आरोप उनीहरूले लगाएका छन्।

पराजित पक्षले वाइसिएल लिएर कार्यालय कब्जा गर्न खोजेपछि युवा संघका कार्यकर्ताले रोक्न खोज्दा विवाद बढेको केसी पक्षको भनाइ छ।

बधाइ दिन गएका महेश बस्नेतको टोलीमाथि भिडियो खिचिरहेको बेला मुख छाडेपछि विवाद हुँदा मोबाइल खोस्ने क्रममा ओम शर्मा भन्ने व्यक्तिको ओठमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन्।

अन्य कसैमाथि कुटपिट नभएको उनीहरूको दाबी छ।

 

 

Tags: