post-slider post-slider

रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

Image
A A

काठमाडौं- रुकुमपश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु भएको छ।

आठबिसकोट नगरपालिका वडा नम्बर १२ को गिजा खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको, एक जना बेपत्ता, दुई बालबालिकासहित ६ जना घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले बताए।

मृत्यु हुनेमा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्की छन्।

रेग्मीका अनुसार ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएका छन्। घाइतेहरूमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन्। उनीहरूलाई नै उद्धार गरी नगर अस्पताल पठाइएको छ।

सोमबार राति खोलामा बाढी आएर घर बगाएको थियो। घटनास्थलमा इलाका प्रहरी पोष्ट आठबिसकोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा ११ जनाको टोली तत्कालै खटिएको थियो।

प्रहरी टोलीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्बर १२ को भिमचौरमा गिजा खोलाको बाढीले ६ वटा घर र खेतबारी बगाएको छ।

सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको थप टोली घटनास्थल गएको छ।

Tags: