post-slider post-slider

संसदमा आज : सांसदहरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री

Image
A A

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले सोधेको प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ।

बैठक बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए। त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरूलाई आग्रह गरेका थिए।

संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन्।

आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बधी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची पनि राखिएको छ।

Tags: