post-slider post-slider

मध्यप्रदेसका ९० विधायकमाथि आपराधिक मुद्दा, ८९ प्रतिशत करोडपति

Image
A A

काठमाडौं- भारतको मध्यप्रदेसमा सम्पन्न विधानसभा चुनावको नतिजा गत आइबार सार्वजनिक भइसकेको छ।

प्रदेसको २३० मध्ये नवनिर्वाचित ९० अर्थात ३९ प्रतिशत विधायकमाथि आपराधिक मामिलामा मुद्दा चलिरहेको छ।

‘एसोसिएसन फर डेमोक्रेटिक रिर्फम्स (एडिआर)’ ले सार्वजनिक गरेको रिपोर्टमा ९० विधायक आपराधिक मामिलामा आरोपी रहेको र उनीहरूमाथि मुद्दा चलिरहेको पाइएको हो।

९० मध्ये ३४ जनामाथि गम्भीर प्रकृतिका मुद्दा चलिरहेको छ र दाषी साबित भए पाँच वर्ष जेल सजाय हुनसक्ने बताइएको छ।

रिपोर्टका अनुसार ९० विधायकले मनोनयन दर्तामै आफूमाथि आपराधिक मुद्दा चलिरहेको जानकारी दिएका छन्।

सन् २०१८ मा यो संख्या ९४ रहेको थियो।

आपराधिक मामिला दर्ज हुने ९० विधायकमध्ये ५१ जना भारतीय जनता पार्टी (भाजपा), ३८ जना कांग्रेस र एक भारतीय आदिवासी पार्टीका रहेका छन्।

त्यस्तै निर्वाचित भएका २३० मध्ये २०५ अर्थात ८९ प्रतिशत विधायक करोडपति छन्।

उनीहरूमध्ये १४४ जना भाजपा र ६१ जना कांग्रेसका छन्।

मध्यप्रदेसमा करोडपति विधायकहरूको संख्या पछिल्लो विधानसभा चुनावको तुलनामा बढेको छ।

सन् २०१८ को विधानसभा चुनावका बेला १८७ विधायक करोडपति थिए।

 

Tags: