.png)

रवि र छविविरूद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी, स्वर्णलक्ष्मी सहकारी ठगी अब अनुसन्धानमा

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका पार्टनर छविलाल जोशीविरूद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको छ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन लामिछाने र नेपाल प्रहरीका पूर्वडिआइजी जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछाने र जोशीलाई पक्राउ गर्न आदेश दिएको सूचना अधिकारी मेलिश बाँस्कोटाले बताए।
उनका अनुसार अब उक्त सहकारी ठगीबारे अनुसन्धान प्रक्रिया तीव्र हुने छ। स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जिबी राई हुन्। उनी फरार छन्।
उक्त सहकारी ठगीमा ६४५ जनाले उजुरी दिएका छन्। सहकारीको बचत र निक्षेप रकम सुरक्षामा प्रश्न उठेपछि पीडितहरूले लामिछाने र जोशीलाई मुद्दामा तान्न माग गरेका थिए।
लामिछाने र जोशी हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनीहरूलाई सूर्यदर्शन सहकारीको रकम अपचलन मामिलामा समेत अनुसन्धान भइरहेको छ।
यसअघि, बुटवलको सुप्रिम सहकारीको प्रकरणमा पनि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको थियो। बुटवलमा बयान सकिएपछि अब उनीहरूलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।
सहकारीका माध्यमबाट सर्वसाधारणको बचत रकम दुरुपयोग हुने घटनामा वृद्धि भएसँगै राज्यका निकायहरूले अनुसन्धान तीव्र पारेका छन्।
स्वर्णलक्ष्मी सहकारीको रकम रवि र जिबीले गोर्खा मिडियामा समेत दुरुपयोग गरेका थिए। स्वर्णलक्ष्मी चारपांग्रे सवारी कर्जा शीर्षकमा उनीहरूले लाखौं रकम दुरुपयोग गरेका थिए।
सम्बन्धित समाचार :