post-slider post-slider

नेपाललाई बहराइनले दियो ७८ रनको झिनो लक्ष्य

Image
A A

काठमाडौं- मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ।

बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अलआउट भएको हो।

बहराइनका एक खेलाडीलेमात्र दोहोरो अंकको रन जोड्न सके। मुहम्मद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाए।

बहराइनका पाँच खेलाडीले खाता नै खोल्न सकेनन्। कप्तान रिशब रमेश र मुहम्मद हलिले समान ६, आयन सइनदले तीन, सार्थक साईले दुई  र अभिजव गिरिसले ६ रनमात्र जोड्न सके। बहराइनले १७ रन अतिरिक्त पाएको थियो। 

बहराइनलाई सस्तैमा रोक्न दिपेश कँडेलले सर्वाधिक ६ विकेट लिए। उनले ९.५ ओभरमा ८ ओभर मेडन राख्दै ४ रन खर्चेर महन्तवपूर्ण ६ विकेट लिए। त्यस्तै नेपालका लागि दुर्गेश गुप्ताले चार विकेट लिए। उनले ८ ओभर बलिङ गर्दा एक मेडन राख्दै २२ रन खर्चेका थिए। 

नेपालले जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा इरानलाई २७४ रनको फराकिलो जित निकालेको थियो। 

Tags: