post-slider post-slider

नेकपा एसमा २१ केन्द्रीय सदस्य मनोनीत

Image
A A

काठमाडौं- नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गत ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको उल्लेख छ।

एकीकृत समाजवादीले अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

Tags: