post-slider post-slider

छानबिन समितिले बयानका लागि बोलायो राहुल महरालाई

Image
A A

काठमाडौं- सुन प्रकरण छानबिन गरिरहेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।

सुन तस्करी प्रकरणमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका राहुललाई समितिले बयानका लागि बोलाएको हो।

उनलाई समितिले बयानका लागि सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएको बताइएको छ।

विद्युतीय चुरोट (भेप) मार्फत भएको १० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

दुबइबाट भेपमा सुन लुकाएर ल्याएको प्रकरणमा उनको संलग्नता देखिएको आरोपमा प्रहरीले राहुललाई पक्राउ गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई १३ भदौमा पक्राउ गरेको थियो।

Tags: